धनकुटा l सहिदभूमि गाउँपालिका–२, साम्बुगाउँमा सरसफाई सम्बन्धि एकदिने सचेतना कार्यक्रमको आयोजना गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको आयोजना र विश्रान्ति मिडिया एण्ड रिसर्च सेन्टर धनकुटाको सहजीकरणमा सरसफाइ सम्बन्धि एक दिने सचेतना कार्यक्रमको आयोजना गरिएको हो । वडा कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ४७ जना सहभागी भएका थिए । सहभागीहरूमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम साम्बुगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मणिकुमार राईको अध्यक्षतामा र सहिदभूमि गाउँपालिका वडा नं २ का वडाध्यक्ष खगेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य साम्बुगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष पुष्पवति राईले राखेकी थिइन् ।
त्यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाको फोकल पर्सन भावना श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा पर्डेप नेपालका महासचिव तथा सहजकर्ता मीनप्रसाद सुवेदीले पूर्ण सरसफाईसम्बन्धी सूचना, रणनीति, लक्ष्य र पानीसम्बन्धी महत्वपूर्ण तथ्यहरू श्रव्यदृश्य माध्यममार्फत प्रस्तुत गर्दै सहजीकरण गरेका थिए। सहजीकरणपछि सहभागीहरूले सरसफाईसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए, जसको उनले स्पष्ट रूपमा उत्तर दिएका थिए ।
प्रमुख अतिथि वडाध्यक्ष खगेन्द्र राईले खानेपानीको माध्यमबाट व्यक्तिगत र घरायसी सरसफाई कसरी गर्न सकिन्छ भन्ने ज्ञान कार्यक्रमबाट प्राप्त भएको बताउँदै, आगामी दिनमा घरआँगनको फोहोरमैला व्यवस्थापनमा वडा कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन विश्रान्ति मिडिया एण्ड रिसर्च सेन्टरका प्रवन्धक हरिबहादुर लम्जेलले गरेका थिए ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्