धनकुटा । लुम्फाजुङ्गको पहिरोले भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार-डाँडाबजार सडक अवरुद्ध भएको छ । वाटो अवरुद्ध हुँदा भेडेटार देखि डाँडाबजार सम्म सवारी साधन चल्न सकेको छैन । मंगलवार विहान पहिरो झरेर वाटो अवरुद्ध बनाएको साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खड्गवहादुर लिम्बूले बताए ।
ठूलो पहिरो खसेको कारण वाटो खुल्न दिनभरि समय लाग्ने उनले बताए । उनका अनुसार पहिरो पन्छाउन दुई वटा स्काइभेटर प्रयोग गरिएको छ । ‘वाटो अवरुद्ध हुने भएकाले वैकल्पिक वाटो प्रयोग गर्नुको विकल्प छैन’ वडाध्यक्ष लिम्बूले ‘डाँडाबजार देखि वुढिमोरङ हुँदै मुलघाट सम्मको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दछु’
भेडेटार–रवि–राँके सडक खण्ड निर्माणाधिन् अवस्थामा छ । सडकको चौडाहा फराकिलो गर्न माटो कटिङको काम धमाधम भइरहेको छ । वर्षा हुने वित्तिकै पहिरो खस्ने र वाटो अवरुद्ध हुने गर्छ । भेडेटार–डाँडाबजारको दुरी करिव १२ किलोमिटर रहेको छ । अहिले वाटो अवरुद्ध भएको स्थान लुम्फाजुङ्ग डाँडाबजारदेखि एक किलोमिटर वर रहेको छ ।




हुलाकी पाटी 





प्रतिक्रिया दिनुहोस्