धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली जनता राष्ट्रिय पार्टी विभाजनको पक्षमा नभएका बताएका छन् । धनकुटाको हिलेमा आजदेखि शुरु भएको नेकपा एमाले कोशी प्रदेश कमिटीको साताैं पूर्ण बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले विगतमा पार्टी विभाजन गर्दा जनताको समर्थन नपाएको उदाहरण पेश गर्दै ठूला राजनीतिक दलहरुको विभाजन नीति जनताले मन नपराएको स्पष्ट पारे ।
उनले पछिल्लो समय नेकपा एसका नेताहरुले स्वयं पार्टी विभाजनको औचित्य पुष्टि नभएको बताउन थालेका छन् । उनले भने, समयले नै देखाइदिएको छ की जनताले स्थायित्व र विकास चाहेका छन् । अव्यवस्थित विभाजन होइन ।
उनले नेकपा एमाले नेतृत्वको सरकारको पालामा ल्याइएका विभिन्न लोकप्रिय कार्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन भएको दावी गरे । आर्थिक वृद्धि दर बढाउन तथा जनतामुखी नीति कार्यान्वयनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सफल भएको उनको भनाई थियो । यि नै उपलब्धीलाई देखेर विरोधी पक्षले अध्यक्ष ओलीलाई सरकार र पार्टीबाट हटाउन खोजेको तर त्यो प्रयास असफल भएको जिकीर गरे ।
भोलिसम्म संचालन हुने वैठकमा प्रदेश कमिटीका पदाधिकारी र सदस्य गरी २९१ जना सहभागी छन् । वैठकमा नेकपा एमालले हालै जारी गरेको आपानी, विधान महाधिवेशन सहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।




हुलाकी पाटी 





प्रतिक्रिया दिनुहोस्