images
images
images

छ्यालुङ लाक्टाङ गाउँमा पहिरोको जोखिम, ७ घर प्रभावित

images

धनकुटा । महालक्ष्मी नगरपालिका–२ छ्यालुङ लाक्टाङ गाउँको बस्तीमुनि धाँजा फाटेर पहिरो चल्न थालेपछि सात घर जोखिममा परेका छन् । लगातारको वर्षापछि खेत, जंगल र अलैंचीबारी बगाउँदै आएको पहिरोले माथिल्लो बस्ती तान्ने खतरा बढेको हो । गाउँका १३ घरमध्ये ४ घर उच्च जोखिममा परेकाले तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ ।

महालक्ष्मी नगरपालिका नगरप्रमुख ध्रुवराज राय, उपप्रमुख मञ्जुकुमारी अधिकारी कार्की, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहितको जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले स्थलगत अनुगमन गरी प्रभावित परिवारलाई नजिकैको बाल विकास केन्द्र भवनमा सार्ने निर्णय गरेको छ । अन्य तीन घरलाई सतर्क रहन आग्रह गरिएको महालक्ष्मी नगरपालिका नगरप्रमुख ध्रुवराज रायले बताए ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्