धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं. २ कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। जाडो मौसममा चिसोबाट जोगाउने उद्देश्यले ज्येष्ठ नागरिकलाई फाइबरको सिरक वितरण गरिएको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिए । उनका अनुसार ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला ज्येष्ठ नागरिक तथा असहाय ज्येष्ठ नागरिक गरी १५ जनालाई फाइबरको सिरक वितरण गरिएको हो । वडाको उक्त कार्यक्रम कार्यान्वयनमा नगरपालिकाले समेत सहयोग गरेको जनाइएको छ।
गत आर्थिक वर्षमा पनि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको वडा कार्यालयले सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिकको संरक्षण र सम्मानलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष रखालले बताए ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्