धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले धनकुटामा मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले सूचना जारी गर्दै गृह मन्त्रालयको निर्णयअनुसार निर्वाचनको ७ दिन अघिदेखि अर्थात फागुन १४ गतेदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा उत्पादन, बिक्री तथा सेवनमा रोक लगाइएको जनाएको छ।
सूचनाको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्