धनकुटा । कोशी पहाडी बीउ व्यवसायी उत्पादक सहकारी संस्था लिमिटेड (कोसेपान) धनकुटा–७ को पन्ध्रौँ साधारण सभा तथा अधिवेशनबाट धनकेशर खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। खड्का यसअघि पनि संस्थाको अध्यक्ष रहेका थिए ।
आज नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा मदन दाहाल, सचिवमा लोकेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कमला पराजुलीलाई चयन गरेको छ । त्यस्तै, कार्यसमिति सदस्यहरूमा पुरुषोत्तम अर्याल, केन्द्रबहादुर बुढाथोकी, आनन्दकुमार जोशी, सीता अधिकारी र वेणुबहादुर बस्नेत चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक हरिबहादुर लम्जेलका अनुसार गोकुल लुईटेलको संयोजकत्वमा गोमालक्ष्मी बस्नेत र डिल्लीबहादुर कार्की सदस्य रहेको तीन सदस्यीय लेखा समिति पनि गठन गरिएको छ । निर्वाचनपछि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले रामप्रसाद दाहालको संयोजकत्वमा निर्मला तुलाधर र ओमबहादुर बस्नेत सदस्य रहेको सल्लाहकार समिति गठन गरेको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्