images
images
images

मन्त्री भएलगत्तै सहिद परिवारको घरमा पुगे इन्द्रमणी पराजुली, सहिदपुत्र सोमबहादुर दमाइको घरमा सँगै बसेर खाना खाए

images

धनकुटा । मन्त्री बनेपछि अधिकांश नेताहरू सहर तिर व्यस्त हुन्छन् । सुरक्षा घेराबीच कार्यक्रम सकाएर फर्किन्छन् । तर कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले पद सम्हालेसँगै उनी सहिदको गाउँ पुगे, सहिद परिवारको घरको आँगन टेक्दै भान्सासम्म छिरे । उनीहरुसँगै बसेर खाना खाए । सहिद परिवारसँग भलाकुसारी गरे ।

नवनियुक्त मन्त्री पराजुली शनिबार सहिदभूमि गाउँपालिका पुगे । सहिदभूमि गाउँपालिका वडा नं ३ स्थित पञ्चकन्या डाँडामा रहेको छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृतिमा माल्यार्पण गरेपछि उनी सीधै सहिद परिवारको घर तर्फ लागे । औपचारिक भेटघाटमा सीमित नभई उनले सहिद धनवीर दर्जीका पुत्र सोमबहादुर दमाइको घरमा पुगेर परिवारसँगै बसेर खाना खाए ।

images
images

मन्त्री कुर्सीमा पुगेपछि गाउँ खासै नआउने नेताको छविबाट थाकेका सहिद परिवारका लागि यो दृश्य असामान्य मात्र होइन, भावनात्मक पनि बन्यो। “मन्त्री भएर पनि हाम्रो घरमा आएर हामीसँगै खानुहुन्छ भन्ने सोचेका थिएनौँ,” परिवारका सदस्यले भने, “हामीलाई राज्यले सम्झिएको अनुभूति भयो।”

मन्त्री पराजुलीले सहिद परिवारको दुःख सुने । सहिद घोषणा भए पनि जीवनमा आइपरेका समस्या, राज्यबाट पाउनुपर्ने सम्मान र सुविधाको अभावबारे सहिद परिवारले खुलेर गुनासो राखे । मन्त्रीले ती कुरा ध्यानपूर्वक सुन्दै भने, “सहिदको सम्मान भाषणमा मात्र सीमित हुनु हुँदैन। तपाईंहरूको पीडा राज्यको पीडा हो । मेरो तर्फबाट सक्दो पहल गर्छु।” आज उनले धनकुटा सदरमुकाममा सहिद भीमनारायण श्रेष्ठको परिवारसँग पनि भेट गरे र सिरानबजारस्थित सहिद भीमनारायण श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्