धनकुटा । साँगुरीगढी गाउँपालिका र वि.एण्ड.सी. मेडिकल कलेज, विराटनगरको सहकार्यमा साँगुरीगढी गाउँपालिका वडा नं ३ मादेनमा एकदिने निःशुल्क विशेष स्वास्थ्य शिविर आयोजना हुने भएको छ। आगामी असार ६ गते शुक्रबार, बिहान ८ः३० बजेबाट मादेनस्थित भानु आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिनेछ ।
शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा विविध स्वास्थ्य सेवा प्रदान गरिनेछ। शिविरमा सुगर, प्रेसर, पेट, नाक, कान, घाँटी, हाडजोर्नी तथा नसारोग, क्यान्सर, रगत सम्बन्धी सम्पूर्ण परीक्षण, मुटुको ईसिजी, महिलासम्बन्धी रोग, प्रस्तुती विशेषज्ञ जस्ता सेवा उपलब्ध हुने जनाइएको छ। गाउँपालिका कार्यालयले जनताको स्वास्थ्यप्रति चासो राख्दै शिविरमार्फत गुणस्तरीय सेवा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा नियमित स्वास्थ्य परीक्षणमा पहुँच नपुगेकाहरूलाई लक्षित गरिएको शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन सबैलाई अनुरोध गरिएको छ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्