images
images
images

साँगुरीगढी गाउँपालिकाको स्थानीय पाठ्यक्रम अन्तिम चरणमा

images

धनकुटा । साँगुरीगढी गाउँपालिकाले तयार गरिरहेको स्थानीय पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिहीबार स्थानीय पाठ्यक्रमसम्बन्धी अन्तिम तयारी बैठक गाउँपालिका अध्यक्ष जितेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा स्थानीय सहजीकरण समिति तथा स्थानीय शिक्षकहरूबीच स्थानीय पाठ्यक्रमलाई अझ प्रभावकारी र सुदृढ बनाउन आवश्यक सल्लाह–सुझाव संकलन गरिएको थियो ।

गाउँपालिकाका अनुसार आगामी शैक्षिक सत्रदेखि साँगुरीगढी गाउँपालिकाभित्र रहेका ४९ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिनेछ । हाल केही विद्यालयमा यस पाठ्यक्रमको अनौपचारिक रूपमा पठन–पाठन हुँदै आएको छ ।

images
images

स्थानीय पाठ्यक्रममा साँगुरीगढी गाउँपालिकाको भौगोलिक अवस्था, सामाजिक तथा सांस्कृतिक पहिचान, पर्यटकीय तथा धार्मिक स्थलहरूको परिचय, जनसंख्या विवरण, जातजाति तथा समुदायका तथ्याङ्कीय विवरणहरू समेटिएको छ ।

गाउँपालिकाको शिक्षा विकास समिति संयोजक योगेन्द्र इवाहाङको संयोजकत्वमा लिलाराज लावती, बलबहादुर राई, टंक भूजेल लगायत सरोकारवाला र शिक्षाविद्हरू सम्मिलित समितिले पाठ्यपुस्तक तयार गरेको साँगुरीगढी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाबहादुर कटुवालले बताए । स्थानीय पाठ्यक्रमले विद्यार्थीहरूलाई आफ्नै भूगोल, संस्कृति र पहिचानबारे बुझ्न सहयोग पुर्‍याउने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्