images
images
images

प्रथम डाँडाबजार वडा कप सुरु, उद्घाटन खेलमा तुङ्खा विजयी

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ वडा कार्यालयको आयोजनामा आजदेखि प्रथम डाँडाबजार वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ । डाँडाबजार खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा तुङ्खाले लुम्फाजुङलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्घाटन ५ नं. वडाका वडाध्यक्ष खड्ग लिम्बूले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए । प्रतियोगितामा साविक डाँडाबजार गाउँ विकास समितिका ९ वटै वडाको सहभागिता रहेको छ । सहभागी टिमहरूमा डाँडाबजार, लाप्चेटार, तल्लो तुङ्खा, बेगना, निगाले, माथिल्लो तुङ्खा, लुम्फाजुङ, पैरे र ओख्रे रहेका छन् ।

images
images

आगामी २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष लिम्बूले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई व्यवस्थापन खर्चबापत तीन–तीन हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्