images
images
images

साँगुरीगढी गाउँपालिकाद्वारा आयोजित कृषि मेलामा उत्कृष्ट कृषक पुरस्कृत

images

धनकुटा । भेडेटार फुड फेस्टिवलको अवसरमा साँगुरीगढी गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा समावेश विभिन्न कृषि बालीतर्फ उत्कृष्ट हुने कृषकहरूलाई नगदसहित पुरस्कृत गरिएको छ। प्रदर्शनीमा साँगुरीगढी गाउँपालिका अन्तर्गतका विभिन्न वडाका कृषकहरूले आफूले उत्पादन गरेका कृषि बालीसहित सहभागिता जनाएका थिए ।

images
images

तरकारी बाली समूहतर्फ साँगुरीगढी गाउँपालिका वडा नं. ६ नाम्जेका केशर कटुवाल (रायो साग) प्रथम, वडा नं. ४ की सृजना लिम्बू (फर्सी) द्वितीय तथा नाम्जेकै बालकृष्ण मगर (रायो साग) तृतीय भएका छन् । त्यस्तै फलफूल बाली समूहतर्फ डाँडाबजारकी मनमाया लिम्बू (सुन्तला) प्रथम, दुर्गाप्रसाद लिम्बू (कागती) द्वितीय र खुवाफोकका पशुराम घिमिरे (किवी) तृतीय स्थानमा रहे । खाद्यान्न बाली समूहतर्फ फाक्सिवकी टिकादेवी पोख्रेल (धान) प्रथम, धनमाया लिम्बू (मकै) द्वितीय र वडा नं. १ बुढिमोरङकी अस्मिना राई (मकै) तृतीय भइन् । नगदे/औद्योगिक बाली समूहतर्फ वडा नं. ९ आहालेका जयबहादुर राई (अदुवा) प्रथम, फाक्सिवका जगत चेम्जोङ (अलैची) द्वितीय र आहालेका सुरेश राई (बेसार) तृतीय स्थानमा रहे । आलु बाली समूहतर्फ डाँडाबजारका भीमराज लिम्बू प्रथम, शिवप्रसाद लिम्बू द्वितीय र गंगादेवी ग्यालाल तृतीय भएका छन्।

त्यस्तै विविध बाली समूहतर्फ फाक्सिवका असल चेम्जोङ (मह) प्रथम, आहालेकी मिलनमाया राई (पिडालु) द्वितीय र फाक्सिवकै प्रभाव ढकाल (तरुल) तृतीय स्थानमा रहे । यसैगरी तरकारी, फलफूल, खाद्यान्न, नगदे/औद्योगिक, आलु तथा विविध बाली समूह गरी ३८ जना कृषक सान्त्वना स्थानमा उत्कृष्ट हुन सफल भएका थिए ।

विगत केही वर्षदेखि गाउँपालिकाले कृषि विकास शाखामार्फत फुड फेस्टिवलको अवसरमा कृषि मेला प्रदर्शनी आयोजना गर्दै आएको कृषि शाखा प्रमुख हरिकुमार आले मगरले जानकारी दिए। उनका अनुसार कृषि मेला कृषकहरूले उत्पादन प्रदर्शन गर्ने मात्र नभई एकअर्काबीच अनुभव र सीप आदानप्रदान गर्ने साझा थलोको रूपमा विकास हुँदै गएको छ ।

प्रदर्शनीमा उत्कृष्ट कृषकहरूलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राईलगायत जनप्रतिनिधिहरूले पुरस्कार वितरण गरेका थिए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्