images
images
images

तल्लो तुङ्खालाई प्रथम वडा कप डाँडाबजार फुटबल प्रतियोगिताको उपाधि

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा आयोजित प्रथम वडा कप डाँडाबजार२०८२ को उपाधि तल्लो तुङ्खा (साविक वडा नं. ३) ले जितेको छ । आज डाँडाबजार खेलमैदानमा सम्पन्न फाइनल खेलमा तल्लो तुङ्खाले डाँडाबजार (साविक वडा नं. १) लाई ४३ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । 

images
images

उपाधिसँगै तल्लो तुङ्खाले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको डाँडाबजारले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई तथा वडा नं. ५ का वडाध्यक्ष खड्ग लिम्बूलगायतले विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

गत २४ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक डाँडाबजार गाउँ विकास समितिका ९ वटै वडाका टिम सहभागी भएका थिए । साँगुरीगढी गाउँपालिका वडा नं. ५ कार्यालयको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा सहभागी प्रत्येक वडा टिमलाई प्रतिटिम ३ हजार रुपैयाँका दरले व्यवस्थापन खर्च उपलब्ध गराइएको थियो । स्थानीय स्तरमा खेलकुदको विकास र युवालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ५ नं वडाका वडाध्यक्ष खड्ग लिम्बुले बताए । 

images
images

प्रतिक्रिया दिनुहोस्