images
images
images

धनकुटाबाट १७ जना उम्मेदवार चुनावी मैदानमा, एक जनाले उम्मेदवारी फिर्ता लिए

images

धनकुटा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटाबाट १७ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन् । एक जना उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

चार जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलबाट कुल १८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । साथै कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन चिन्हसमेत प्रदान गरेको छ ।

images
images

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार जितेन्द्र राईलाई आँप, मनकुमार योञ्जनलाई ढिकी र लाक्पा तामाङलाई जीप निर्वाचन चिन्ह प्रदान गरिएको छ । राजनीतिक दलतर्फबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राई, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बु, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, जनता समाजवादी पार्टीका निशान राई, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रविनकुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, मंगोल नेशनल अर्गानाइजेसनका सागर राई, श्रम संस्कृति पार्टीका सानबहादुर राई लगायत उम्मेदवारहरू रहेका छन् ।

images
images
प्रतिनिधि सभा निर्वाचन-२०८२

प्रतिक्रिया दिनुहोस्