images
images
images

सहिदभूमी गाउँपालिकामा कांग्रेसको वृहत भेला, दिनेश राईलाई जिताउने प्रतिबद्धता

images

धनकुटा । धनकुटाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राईलाई विजयी गराउने उद्देश्यसहित आज सहिदभूमी गाउँपालिका स्तरीय वृहत भेला सम्पन्न भएको छ। नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका सभापति टंक राईको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीहरूले रुख चुनाव चिह्नमा मतदान गरी दिनेश राईलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो अवसरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राईले आफू विजयी भए सहिदभूमी गाउँपालिकाको छिन्तागजाल्पा देवी क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने र प्रत्येक वर्ष लाखौँ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। साथै सहिदभूमीलाई कृषि क्षेत्रमार्फत समृद्ध बनाउने योजनासहित रुखमा मतदान गर्न सबै मतदातालाई आग्रह गरे।

images
images

भेलामा पूर्वमन्त्री सुनिल बहादुर थापा, कांग्रेसका पूर्व सभापतिहरू मनोहर नारायण श्रेष्ठ र हरिकुमार राई, पूर्व महासमिति सदस्य शिवकुमार राईलगायतले रुखमा मतदान गरी दिनेश राईलाई जिताउन सबैसँग अनुरोध गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा निर्वाचन मूल प्रचार–प्रसार समिति संयोजक विजय सन्तोषी राईले निर्वाचन आचारसंहिताबारे जानकारी गराएका थिए भने जिल्ला सचिव तथा सहिदभूमी गाउँपालिका संयोजक एवं भ्रातृ तथा शुभेच्छुक संस्था मूल निर्वाचन परिचालन समिति संयोजक जयन्द्र घिसिलले आगामी निर्वाचन रणनीतिबारे प्रस्तुति दिएका थिए।

भेलामा जिल्ला सदस्यहरू तीर्थ राई, योगेन्द्र राई, रमेश कुमार राई, तोर्ण खड्का, कमल कुमारी राई, श्याम राई, अशोक राई, राजन राई, रुद्र राई, कमल परियार, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष नरेन्द्र कश्चित, पालिकाका उपसभापतिहरू भुषण राई र तोर्ण परियार, सचिव आत्म राई, नरेश राई तथा वडा नं. १ देखि ७ सम्मका वडा सभापतिहरूले व्यापक रूपमा परिचालन गरी दिनेश राईलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए।

वृहत भेलामा सहिदभूमी गाउँपालिकाका सातै वडाका सभापतिहरूले आ–आफ्ना वडामा कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव प्रदीप राईले गरेका थिए।

images
images

प्रतिक्रिया दिनुहोस्