images
images
images

कुसेटारमा सातौँ सरस्वती पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३, कुसेटारमा सातौँ संस्करणको सरस्वती पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ। कुसेटार खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रेफ्रिलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।

प्रतियोगितामा पुरुषतर्फ आयोजक टिमसहित १२ टिम तथा महिलातर्फ आयोजकसहित ६ टिम सहभागी रहेका छन्। प्रतियोगिता आगामी २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेता टिमले रु. ७१ हजार १११ र उपविजेता टिमले रु. ३५ हजार १११ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यसैगरी महिलातर्फ विजेता टिमले रु. १५ हजार र उपविजेता टिमले रु. १० हजार नगदसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् ।

images
images

पुरुषतर्फका प्रत्येक खेलमा म्यान अफ द म्याच तथा विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। ड्रिम ब्वाइज खेलकुद उपभोक्ता समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको व्यवस्थापन ड्रिम ब्वाइज फुटबल क्लबले गरेको हो। प्रतियोगितामा साँगुरीगढी गाउँपालिका र वडा नं. ३ कार्यालय सहायक संस्थाका रूपमा रहेका छन्।

त्यसैगरी प्रतियोगिताको इन्टरनेट पार्टनर माउन्टलिंक, मिडिया पार्टनर हुलाकीपाटी डटकम, लाइभ पार्टनर स्पोर्टिङ नेपाल, बैंकिङ पार्टनर नविल बैंक तथा मेडिकल पार्टनर खुवाफोक स्वास्थ्य चौकी रहेका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्