images
images
images

पूर्वविद्यार्थीको पहलमा छात्रवृत्ति कोष स्थापना, योगदानकर्ताहरू सम्मानित

images

धनकुटा । विद्यालयको वार्षिक उत्सवको अवसर पारेर पूर्व विद्यार्थीले छात्रवृत्ति कोष स्थापना गर्नुका साथै विद्यालयमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेका छन् । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटारस्थित श्री सरस्वती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी पदमबहादुर बस्नेतले विद्यालयमा ५१ हजार रुपैयाँको ‘पदमबहादुर बस्नेत छात्रवृत्ति कोष’ स्थापना गरेका हुन्। हाल अमेरिकामा बसोबास गरिरहेका बस्नेतले विद्यालयको शैक्षिक उन्नयनमा निरन्तर सहयोग गर्दै आएका छन् ।

यस अवसरमा विद्यालयमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच जनालाई जनही ५–५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। सम्मानित हुनेमा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकबहादुर भण्डारी, पूर्व शिक्षक लोकेन्द्र भण्डारी, स्थानीय युवा विनोद भण्डारी, पूर्व शिक्षक कान्तीनाथ खतिवडा तथा वर्तमान प्रधानाध्यापक हेमचन्द्र विश्वकर्मा रहेका छन् ।

images
images

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन भण्डारीका अनुसार बस्नेतले अक्षयकोष, पुरस्कार तथा कार्यक्रम व्यवस्थापनका लागि करिब एक लाख रुपैयाँ बराबरको सहयोग गरेका छन् । छात्रवृत्ति तथा पुरस्कारको रकम बस्नेतका बुवा टिकाराम बस्नेत र श्रीमती निर्मला थापा बस्नेतले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।  बस्नेत परिवारले यो सहयोग विद्यालय र विद्यार्थीलाई थप हौसला प्रदान गर्ने उद्देश्यले गरिएको र आगामी वर्षहरूमा पनि निरन्तरता दिने जानकारी दिएका छन् ।

२०४४ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयले यसै अवसरमा आफ्नो ३६औँ स्थापना दिवस पनि मनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले बन्द हुने अवस्थामा पुगेको विद्यालय आज माध्यमिक तहसम्म सञ्चालन हुन सफल भएकोमा खुशी व्यक्त गरे । उनले विद्यालयलाई गाउँपालिकामार्फत आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

images
images

प्रतिक्रिया दिनुहोस्