images
images
images

धनकुटामा गाँजा सहित सवारीसाधन नियन्त्रणमा, चालक फरार

images

धनकुटा । लागू औषध (गाँजा) बोकेको सवारीसाधनलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ । आज वुधवार दिउँसो करिब २ बजे साँगुरिगढी गाउँपालिका–६ फेदीस्थित कोशी लोकमार्गमा प्रहरी चौकी मूलघाटबाट खटिएको गस्ती टोलीले बा.१० च ५६१५ नम्बरको सवारीसाधनलाई रोकिन संकेत गरेको थियो । तर सवारी नरोकी फरार भएपछि सोही स्थानमा सवारी छाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सवारी चेकजाँच गर्दा भित्र बोरामा प्लास्टिकले प्याक गरिएको लागू औषध (गाँजा) का चार वटा पोका बरामद गरिएको छ। बरामद गाँजाको तौल ९० केजी २३५ ग्राम रहेको छ । बरामद सवारीसाधन र लागू औषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ । फरार चालकको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्