images
images
images

स्पेनमा रहेका नेपालीले राहदानी सहजीकरणका लागि सरकारसँग माग गरे

images

धनकुटा । स्पेन सरकारले करिब २२ वर्षपछि करिब ५ लाख आप्रवासीलाई एकपटकका लागि अस्थायी बसोबास अनुमति (TRC) र रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेपछि त्यहाँ बस्दै आएका नेपालीहरू उत्साहित भएका छन् । तर आवश्यक कागजात व्यवस्थापनका क्रममा रा हदानीसम्बन्धी समस्या देखिएको भन्दै उनीहरूले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

स्पेनमा रहेका नेपालीहरूको तर्फबाट पाख्रिवास नगरपालिका–३ धनकुटाका राजेन्द्र बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा राहदानी नवीकरण तथा नयाँ राहदानी उपलब्ध गराउन सहजीकरण आवश्यक भएको उल्लेख गरिएको छ। अन्य देशका नागरिकले आफ्नै देशको पहलमा राहदानी वितरण गरिरहेको अवस्थामा नेपालीहरू भने समस्या भोग्न बाध्य भएको जनाइएको छ। राहदानी अभावले बसोबास अनुमति प्रक्रिया पूरा गर्न कठिनाइ भएको उनीहरूको भनाइ छ।

images
images

विज्ञप्तिमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय, राहदानी विभाग, स्पेनस्थित एनआरएनए, नेपाली समाज तथा सरोकारवाला निकायलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ। साथै स्पेनस्थित नेपाली दूतावासमार्फत वा आवश्यक कर्मचारी टोली पठाई समस्या समाधानतर्फ कदम चाल्न अनुरोध गरिएको छ । विज्ञप्तिमा २०२६ अप्रिल १ सम्म राहदानी आवश्यक पर्ने भएकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। बस्नेत हाल स्पेनको Altea, Alicante क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्