धनकुटा । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले आगामी फागुन २१ गतेको निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल धनकुटाद्वारा नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा शनिवार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पराजुलीले मुलुक आम निर्वाचनतर्फ केन्द्रित भइसकेको बताउँदै निर्वाचनलाई स्वच्छ रूपमा सम्पन्न गराउन सरकार, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा नागरिक समाज सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
उनले सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक तथा प्रायोजित सामग्रीका कारण निर्वाचनप्रति अनावश्यक शंका उत्पन्न भइरहेको बताए। यस विषयमा केन्द्र र प्रदेश सरकार दुवै चिन्तित रहेको र आवश्यक नियमन तथा अनुगमनको काम अघि बढाइएको उनको भनाइ छ। सबै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको र प्रदेश सरकार निर्वाचन सफल बनाउन केन्द्रित भएर काम गरिरहेको उनको जिकिर छ।
मन्त्री पराजुलीले सामाजिक सञ्जालमा धेरै फलोअर्स हुनु र जनताबाट अनुमोदित हुनु फरक विषय भएको उल्लेख गर्दै नयाँ दलहरूमा निर्वाचन अभ्यासको कमी देखिन सक्ने बताए। सामाजिक सञ्जालमा चलाइने हुलमुल र प्रायोजित प्रचार दीगो नहुने उनको तर्क छ ।विदेशबाट समेत सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधि भइरहेको उल्लेख गर्दै यसलाई नियमन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्