images
images
images

जितु नेपाल र प्रियना आचार्य (मुन्नी) मुख्य भूमिका रहेको फिल्म कार्की साइँलाको धनकुटाको सहिदभूमिमा शुभमुहूर्त

images

धनकुटा । निर्देशक राजेन्द्र बस्नेत को निर्देशनमा निर्माण हुन लागेको फिल्म कार्की साइँला को धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ स्थित धापमा शुभमुहूर्त गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष रमेश कुमार राईले क्यामेरामा पूजा–आजा गर्दै छायांकनको औपचारिक शुभारम्भ गरेका हुन्। उनले फिल्मको सफलताको शुभकामना व्यक्त गरे।

फिल्मका छायाङ्कार डम्बर राईले धापमा सूर्यास्तको दृश्यसँगै पहिलो सट लिएका थिए । फिल्ममा चर्चित अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) को प्रमुख भूमिका रहनेछ। साथै सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहने जनाइएको छ।

images
images

ग्रामीण परिवेशमा निर्माण हुने उक्त फिल्म भरियाको कथामा आधारित रहेको निर्माता बालकुमार राई ले जानकारी दिए। कर्ण बहादुर फिल्म्स प्रालि को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। फिल्ममा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहनेछ। म्युजिक भिडियो निर्देशकका रूपमा परिचित रोजल थापालाई मुख्य सहायक निर्देशकको जिम्मेवारी दिइएको छ। सहिदभूमिका विभिन्न स्थानसहित त्रिवेणी खुवालुङ र भोजपुरका केही भागमा गरी करिब २० दिनसम्म फिल्मको छायांकन हुने निर्माण टिमले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्