धनकुटा । चाडपर्वलाई लक्षित गर्दै धनकुटामा यामाहाको विशेष मेला आयोजना हुने भएको छ । धनकुटा ७ बसपार्कमा आगामी भदौ २८ देखि असोज ३ गतेसम्म मेला आयोजना हुने विजयपुर ट्रेडर्सका प्रमुख प्रभाव खतिवडाले जानकारी दिए । मेलामा यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न आकर्षक सुविधा तथा अफर उपलब्ध गराइने छ ।
यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने योजना ल्याईएको छ। यस याेजना अनुसार सरल तथा सुलभ ब्याजदरमा फाइनान्सको सुविधा र आकर्षक नगद छुटको व्यवस्था गरिएको ट्रेडर्सका प्रमुख खतिवडाले जानकारी दिए । पुराना मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट मूल्यांकन गरिनुका साथै नयाँ गाडी खरिद गर्ने ग्राहकलाई हेलमेट र लेग गार्ड निःशुल्क उपलब्ध गराइनेछ ।
यामाहाका नयाँ एफआई प्रविधियुक्त हाइब्रिड मोटरसाइकल र स्कुटरहरू पनि उपलब्ध रहेको जनाइएको छ। त्यस्तै, ७१:३३ किलोमिटरसम्मको उत्कृष्ट माइलेज दिने स्कुटरहरू बिक्रीका लागि उपलब्ध रहेको बताइएको छ।



हुलाकी पाटी 












प्रतिक्रिया दिनुहोस्