images
images
images

सलिको इन्स्योरेन्स र सरिना जि ट्रेडबीच ईभी ट्याक्सीको बीमा गर्ने सम्झौता

images

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रा.लिबीच बीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्र अनुसार सरिना जि ट्रेडमार्फत बिक्री गरिने ईभी इजि ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्छ ।

images
images

एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जि ट्रेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले शुक्रबार हस्ताक्षर गरेका छन् ।

सलिको इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलगायत सरिना जि ट्रेडको तर्फबाट उच्च पदस्थ कर्मचारीहरुले उपस्थिती जनाए।

दुई निकायबीचमा भएको सम्झौतासँगै अब सरिना जि ट्रेडबाट बिक्री गरिने विद्युतीय सवारीसाधनहरुको सवारी बीमा सलिको इन्स्योरेन्सबाट हुनेछ । साथै भविष्यमा हुने कुनै पनि घटनामा सेवाग्राहीले दाबी गर्नु परेमा बीमा कम्पनीले दाबी भूक्तानी प्रकृयालाई सहज र सरल रुपमा नगदरहित तथा शिघ्र भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्