images
images
images

सानिमा रिलायन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कस्तो बोनसदर ?

images

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव २०८०/८१ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनस दरअनुसार बिमितले अधिकतम ७५ रुपियाँसम्म बोनस पाउने भएका छन् । चालू आवको विभिन्न १६ ओटा बीमांकीय मूल्यांकनअनुसार बोनसदर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

सावधिक जीवन बीमा योजना (रेगुलर)
यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ । १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनामा ३२ हजार ५७ वटा बीमालेख बिक्री गरेको छ।
सावधिक जीवन बीमा योजना (एकल)
यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसलाई पनि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनामा २ हजार ७२९ वटा बीमालेख बिक्री गरेको जनाएको छ।

images
images

त्रिपल सावधिक बीमा
यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका १ हजार २९ वटा बीमालेख बिक्री गरेको उल्लेख छ।

दम्पती सावधिक बीमा योजना
यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ३ हजार ४२९ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक तथा आजीवन
यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४०रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ३ हजार ४२९ वटा बीमालेख बिक्री गरेको जनाएको छ ।

अग्रिम भुक्तानी योजना
यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्म्को अवधिका लागि ३२ रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका १ हजार ९०३ वटा बीमालेख बिक्री गरेको छ।

वार्षिक अग्रिम भुक्तानी योजना
यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ४ हजार ४९५ वटा बीमालेख बिक्री गरेको हो।

यस्तै, मुद्दति सुरक्षण बीमा योजना नियमित शुल्क र एकल शुल्कतर्फ सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्फ ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ। कम्पनीले यस योजनाका ८ हजार ८५५ बीमालेख बिक्री गरेको जनाएको छ। १५ वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ। यस्तै, २० वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गर्दा, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ बोनसदर तोकिएको छ ।

यसैगरी, सामूहिक सावधिक योजनातर्फ भने १९ रुपैयाँ बोनसदर तोकिएको छ । सावधिक तथा आजीवन योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ र १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ।

सीमित भुक्तानी सावधिक योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। बाल सावाधिक योजनामा १० देखि १३ वर्षको लागि १९ रुपैयाँ, १४ देखि १५ वर्षको लागि २० रुपैयाँ, १६ वर्षको लागि २२ रुपैयाँ, १७ वर्षको लागि २३ रुपैयाँ, १८ वर्षको लागि २५ रुपैयाँ, १९ वर्षको लागि २६ रुपैयाँ, २० वर्षको लागि २७ रुपैयाँ, २१ वर्षका लागि २८ रुपैयाँ, २२ वर्षको लागि ३० रुपैयाँ, २३ वर्षको लागि ३१ रुपैयाँ, २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ३४ रुपैयाँ रहेको छ ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्