धनकुटा । भारी वर्षाले खेल मैदान हिलाम्ये भएपछि रारा गोल्डकपको फाइनल खेल स्थगित भएको छ । लगातारको वर्षाले खेल मैदान हिलाम्ये भएर खेल्न नसक्ने स्थिति भएपछि स्थगित गरिएको आयोजक रारा फुटवल क्लवका सचिव जीवन कटुवालले बताए । उनका अनुसार स्थगित भएको फाइनल खेल सोमवार दिउँसो २ बजे हुने तय भएको छ ।
प्रतियोगिताको फाइनलमा झापाको विर्तामोड युनाइटेड क्लव र मोरङको एलएक्स सिटी एफसी वीच फाइनलमा पुगेका थिए । झापाले गोल्डेस्टारलाई र एलएक्सले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लवलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । यी दुई टिमको प्रतिस्पर्धाबाट विजयी हुने प्रतियोगिताको १२ औं संस्करणको नयाँ विजेता वन्नेछ । गत वैशाख २९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन भइरहेको छ ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्