images
images
images

सहिदभूमि गाउँपालिकाद्वारा विद्यार्थीलाई न्यानो स्वेटर वितरण सुरु

images

धनकुटा । सहिदभूमि गाउँपालिकाले चिसोका कारण विद्यार्थीको विद्यालय उपस्थितिमा गिरावट आउन थालेपछि न्यानो स्वेटर वितरण सुरु गरेको छ । चिसो मौसमका कारण विद्यालयमा विद्यार्थी अनुपस्थित हुने र पठन–पाठन नै प्रभावित हुन थालेपछि प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीलाई न्यानो कपडा वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।  उनका अनुसार विशेष गरी बालविकास कक्षामा अध्ययनरत विद्यार्थीमध्ये पछिल्लो समय चिसोकै कारण करिब ५० प्रतिशत बालबालिका विद्यालयमा अनुपस्थित हुने गरेका थिए ।

अध्यक्ष राईका अनुसार सहिदभूमि गाउँपालिका भित्रका ३९ वटा सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत कुल १ हजार ९ सय ३७ जना विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरिनेछ । हालसम्म १३ वटा विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरिसकिएको छ ।

images
images

गततीन दिनदेखि सुरु गरिएको वितरण कार्यक्रम आगामी केही दिनभित्र सबै विद्यालयमा सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ । साथै आगामी दिनमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्