धनकुटा । धनकुटा नगरपालिकामा महिला तथा किशोरी लक्षित सुरक्षित स्थान स्थापना गरी सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको अर्थिक अनुदान सहयोगमा नगरपालिकाले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
स्थापित सुरक्षित स्थानको नगरप्रमुख चिन्तन तामाङ र परियोजनाकी टिम लिडर जया शर्माले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत महिला तथा किशोरी मैत्री सुरक्षित स्थान सञ्चालनमा आएको जनाइएको छ ।
परियोजना व्यवस्थापन इकाइका कार्यक्रम विज्ञ अप्सरा कार्कीका अनुसार हिंसामा परेका तथा अन्य महिला तथा किशोरीलाई लक्षित गर्दै परामर्श सेवा उपलब्ध गराउने, जीवनोपयोगी सीप सिकाउने तथा उनीहरूको जीविकोपार्जनमा सहजीकरण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । लैङ्गिक हिंसा न्यूनीकरण गर्दै त्यसको अन्त्यतर्फ उन्मुख गराउने उद्देश्यले सुरक्षित स्थान स्थापना गरिएको उनको भनाइ छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्