धनकुटा । साँगुरीगढी गाउँपालिका–१, मुलघाटमा १७ औँ संस्करणको महाशिवरात्री कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता तथा मिनी मेला आयोजना हुने भएको छ। प्रतियोगिता माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
“युवा जोश र नयाँ सोचको साथमा” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न जिल्लाबाट आमन्त्रित फुटबल टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिता साँगुरीगढी–१ स्थित तम्बर खेल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु. १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई रु. ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी, विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु. २ हजार ५ सय तथा म्यान अफ द सिरिजलाई रु. ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलकुदसँगै स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको अवधिभर मिनी मेला समेत आयोजना गरिनेछ ।
प्रतियोगिताको आयोजना तम्बर खेलकुद विकास समितिले गरेको हो भने तम्बर फुटबल क्लब संरक्षकका रूपमा रहेको छ । कार्यक्रमको सहयोगी संस्था साँगुरीगढी गाउँपालिका र १ नं वडा कार्यालय रहेको छ ।
मिडिया पार्टनरका रूपमा हुलाकीपाटी डटकम र मेरो गन्तव्य, इन्टरनेट पार्टनरका रूपमा टेक माइन्ड्स नेटवर्क रहेको छ । आयोजकले खेलकुदप्रेमी दर्शकहरूलाई खेल अवलोकनका लागि उपस्थित भइदिन आग्रह गरेको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्