images
images
images

गलत सूचना फैलाइएको भन्दै एमाले धनकुटाको आपत्ति

images

धनकुटा । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाइएको भन्दै आपत्ति जनाएको छ ।

प्रेस चाैतारी नेपाल धनकुटाले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै गलत सूचना फैलाउने कार्य गतिविधि निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनविपरीत भएको दाबी गरेको छ ।

images
images

पार्टीका जिल्ला अध्यक्ष शिव आङ्लाले जारी गरेको प्रेस विज्ञप्तिमा स्वतन्त्र उम्मेदवार लाक्पा तामाङको फेसबुकमार्फत एमालेका उम्मेदवार राजेन्द्रकुमार राईविरुद्ध गलत फोन नम्बर प्रयोग गरी नक्कली व्यक्ति खडा गरेर भ्रमपूर्ण सूचना र सन्देश प्रसारित गरिएको उल्लेख गरिएको छ।  एमालेले घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटासमक्ष माग गरेको जनाएको छ। साथै पार्टीले लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै स्वच्छ, मर्यादित र व्यवस्थित निर्वाचन वातावरण कायम गर्न सबै पक्षलाई आग्रह गरेको छ।

कार्यक्रमको संचालन प्रेस चाैतारी नेपाल धनकुटा इञ्चार्ज सिद्धराज राईले गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्