images
images
images

भगवति गाइज धरान–१३ लाई महाशिवरात्रि कप फुटबलको उपाधि

images

धनकुटा । साँगुरीगढी गाउँपालिका–१ स्थित तमोर मुलघाट चनौटे खेलमैदानमा तमोर खेलकुद विकास समितिद्वारा आयोजित १७ औं महाशिवरात्रि कप पुरुष फुटबल प्रतियोगिताको उपाधि भगवति गाइज धरान–१३ ले जितेको छ ।

फाइनल खेलमा भगवति गाइजले माङ्दाङ्वा फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। खेलमा सुरुदेखि नै दबाब बनाएको भगवति गाइजले सहज जित निकालेको थियो ।  विजेता भगवति गाइज धरान–१३ ले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता माङ्दाङ्वा फुटबल क्लबले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

images
images

प्रतियोगिताअन्तर्गत विधागत पुरस्कारतर्फ म्यान अफ दि म्याच भगवति गाइजका विवेक राई घोषित भए। सर्वाधिक गोलकर्ताको उपाधि विवेक राई र प्रज्वल थापाले संयुक्त रूपमा जिते भने माङ्दाङ्वा एफसीका योगेश थेगिम उत्कृष्ट खेलाडी घोषित भए । खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्