images
images
images

पर्यटन प्रवर्द्धनका लागि छथर जोरपाटीमा म्युजिक भिडियो छायांकन

images

खगेन्द्र बस्नेत

धनकुटा । छथर जोरपाटी गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले म्युजिक भिडियो छायांकन गरिएको छ । छथर जोरपाटी–६ का नव कलाकारहरू गायिका टिका बस्नेत, अम्बर घिमिरे, दीपक गुरुङ र चुइन्द्र बस्नेतको संयुक्त लगानीमा उक्त म्युजिक भिडियो तयार पारिएको हो ।

images
images

पूर्वाञ्चल डिजिटल स्टुडियोमा रेकर्ड गरिएको “यो ध्वजे डाँडैमा” शीर्षकको गीतमा शब्द अम्बर घिमिरे, संगीत चुइन्द्र बस्नेत र एरेन्ज कुन्दन राईले गरेका छन् । गीतमा स्वर टिका बस्नेत, अम्बर घिमिरे, दीपक गुरुङ र चुइन्द्र बस्नेतकै रहेको छ । म्युजिक भिडियोमा छथर जोरपाटी आसपासका बहुसांस्कृतिक पार्क ध्वजे डाँडा, सेल्फी जोन सिधुवा, महालक्ष्मी नगरपालिका–स्थित नुनथला लगायतका स्थानीय पर्यटकीय क्षेत्र समेटिएका छन् । साथै विभिन्न जातीय सांस्कृतिक नृत्यहरू पनि भिडियोमा प्रस्तुत गरिएको छ ।

वाईएन क्रिएसनले छायांकन गरेको उक्त म्युजिक भिडियो नयाँ वर्ष २०८३ वैशाख १ गते ‘डिडिसीटी म्युजिक’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्