images
images
images

‘साइली रिमै’ म्यूजिकल फिल्म सार्वजनिक

images

धनकुटा । मार्कोनी एण्ड वाईएन क्रियशनको प्रस्तुति रहेको म्यूजिकल फिल्म ‘साइली रिमै’ सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा आयोजित एक कार्यक्रमबीच फिल्मको लोकार्पण गरिएको हो ।

निर्देशक तथा व्यवस्थापक विवि लामाका अनुसार तीन दशकअघि धनकुटा नगरपालिका–९ बेलहारा डाँडामा सञ्चालन हुने चैतारी कार्यक्रमको कथावस्तुलाई समेटेर म्यूजिकल फिल्म तयार गरिएको हो ।

images
images

लोकार्पण कार्यक्रममा विभिन्न सर्जक तथा कलाकारहरूले गीत–संगीत र कथावस्तुको प्रशंसा गर्दै फिल्मले स्थानीय मौलिक संस्कृतिलाई उजागर गरेको बताएका थिए । गीतमा स्वर, कथा, सम्पादन तथा संगीत योगेश नेवार र निरुता राईको रहेको छ भने शब्द डिल्लीराम अोझा रहेको छ । भिडियोमा धनकुटाका स्थानीय कलाकारहरूको अभिनय रहेको छ । म्यूजिकल फिल्म ‘साइली रिमै’ योगेश नेवारको आधिकारिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्