काठमाडौँ । सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्स प्रालिले विराटनगरमा भोलीदेखि विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सञ्चालन गर्ने भएको छ ।
श्रीजाले यही माघ १६ गते देखि माघ १९ सम्म विराटनगरको गोघ्रा चोकस्थित कञ्चनजङ्घा बैंक्वेटमा चार दिनसम्म एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प आयोजना गर्न लागेको हो । क्याम्पमा ग्राहकहरुले लिपमोटर सी २० र सिट्रोन इसी ३ जस्ता विद्युतीय सवारी साधनको टेस्ट ड्राइभको अनुभव गर्न पाउनेछन् । साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सम्झौताहरूबारे जानकारी उपलब्ध गराइने कम्पनीले जनाएको छ । कार्यक्रममा निःशुल्क ७ किलोपात वाल चार्जर उपलब्ध गराइने व्यवस्था गरेको आयोजकको भनाइ छ ।
उक्त क्याम्पले विराटनगरका ग्राहकहरूलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि अन्वेषण गर्ने तथा बजारमा उपलब्ध सबैभन्दा राम्रो सम्झौताहरुको फाइदा उठाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्