images
images
images

नेपाली कम्युनिष्ट पार्टी धनकुटाबाट दुई पत्रकारसहित पूर्वमन्त्री र गायक उम्मेदवारको रुपमा सिफारिस

images

धनकुटा । नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट प्रत्यक्ष र समानुपातिकतर्फ विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीले दुई जना पत्रकार सहित पूर्वमन्त्री र चर्चित गायकलाई समेत सिफारिस सूचीमा समेटेको छ ।

नेपाली कम्युनिष्ट पार्टी धनकुटाको गत पुस ७ गते बसेको बैठकको निर्णय नं. ३ को ख, ग र घ अनुसार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल बराइली र निवर्तमान केन्द्रीय सदस्य सरिता बराइलीलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

images
images

धनकुटाबाट सञ्चालन हुँदै आएको रेडियो धनकुटा एफएमका सञ्चालकसमेत रहेका गोपाल बराइली साविक नेकपा (एकीकृत समाजवादी) धनकुटाका संयोजकसमेत हुन्। त्यस्तै नेपाल पत्रकार महासंघकी निवर्तमान केन्द्रीय सदस्य सरिता बराइली हाल रेडियो नेपालमा कार्यरत  छिन्।

पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ संविधानसभा सदस्य तथा पूर्व शिक्षामन्त्री धनमाया विश्वकर्मा र निवर्तमान प्रदेशसभा सदस्य कुशुमकुमारी श्रेष्ठलाई पनि सिफारिस गरेको छ।

यसैगरी प्रतिनिधि सभा प्रत्यक्षतर्फ पूर्व जिल्ला विकास समिति सभापति धर्मराज पौडेल, वरिष्ठ गायक तथा संगीतकार शम्भु राई, टेकनाथ (टि.एन.) आचार्य, नगेन्द्र विश्वकर्मा, विष्णुमाया कन्दङ्वा र लोकेन्द्र राईलाई उम्मेदवारका रूपमा सिफारिस गरेको उल्लेख छ ।

आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि भने दुर्गा कुँवरलाई सिफारिस गरिएको पार्टीले जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टी प्रदेश कार्यालय विराटनगरलाई बोधार्थ गरिएको सिफारिस पत्रमा साविक नेकपा (एकीकृत समाजवादी) धनकुटाका संयोजक गोपाल बराइली र साविक नेकपा (माओवादी केन्द्र) धनकुटाकी संयोजक कुशुमकुमारी श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्