images
images
images

नेकपा एमालेबाट पाख्रिवास–३ मा निर्वाचित वडा सदस्यसहित ६३ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

images

धनकुटा । नेकपा एमालेबाट पाख्रिवास नगरपालिका वडा नं ३ मा निर्वाचित वडा सदस्य चन्द्रबहादुर आले सहित ६३ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतवार साँझ एक कार्यक्रमका वीच वडा सदस्य आलेसहितको टोली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमिति सभापति प्रेम भण्डारीले बताए ।

कांग्रेस प्रवेश गरेका निर्वाचित वडा सदस्य सहित नेकपा एमालेका नेता कार्यकर्तालाई राष्ट्रिय सभा सदस्य पूर्वमन्त्री सुनिलवहादुर थापा, नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेश राई, संविधान सभा सदस्य तथा नेपाली कांग्रेस पूर्व जिल्ला सभापति मनोहर नारायण श्रेष्ठ, जिल्ला सचिव जयन्द्र घिसिङ लगायतको टोली अविर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

images
images

वडा सदस्य आले सहित लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहँदै आएका दर्जनौं नेताहरुले वर्तमान राजनीतिक परिस्थिति र परिवर्तनशील माहौललाई ध्यानमा राख्दै नेपाली काँग्रेस रोजेको बताएका छन् । उनीहरूले भदौ २२ र २३ गते भएको ‘जेन्जी आन्दोलन’पछि देशको राजनीति नयाँ ढङ्गले अघि बढेको उल्लेख गर्दै काँग्रेसले रूपान्तरणको मार्ग समातेको र सबैको भावना समेट्ने प्रयास गरेको दाबी गरे ।

पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको नै छ । नगरसभापति  भण्डारीले पाख्रिवास नगरपालिकाका अन्य वडा ७ बाट पनि सोमवार एमाले परित्याग गरी जम्मा १९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै सोमवार नै नेकपा एमाले छथरजोरपाटी गाउँपालिका कमिटी सदस्य विजय प्रकाश लिम्बु सहितका युवाहरू काँग्रेसमा प्रवेश गरेका हुन् । त्यस्तै धनकुटा नगरपालिका वडा नं ३ मा पनि एमाले सहित विभिन्न पार्टीबाट दर्जनौं नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

छथर जोरपाटीमा आयोजित चुनावी अभियान अन्तर्गत आयोजित कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाले लिम्बु सहित युवाहरू काँग्रेसमा प्रवेश गराएका हुन् । थापाले प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका उम्मेदवार दिनेश राईलाई विजयी गराउन सबै तहका कार्यकर्ता र युवालाई सक्रिय भूमिका खेल्न आग्रह गरे ।

काँग्रेस प्रवेश गर्ने युवाहरूले जिल्लाको विकास र स्थायित्वका लागि आफूहरूले विचार परिवर्तन गरेको बताएका छन् ।  धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ८ र पाख्रिवास नगरपालिका वडा नम्बर ३ मा शनिवार र आइतबार सयौँ एमाले कार्यकर्ता पाटी परित्याग गरी काँग्रेस प्रवेश गरेका थिए । नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले नवप्रबेशीले आफूलाई विजयी गराउने महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्