images
images
images

धनकुटाको मतगणना स्थल सिसी क्यामेरा निगरानीमा

images

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना स्थलमा सिसी क्यामेरा जडान गरी कडा सुरक्षा व्यवस्था मिलाइएको छ । मुख्य निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी इन्द्रकुमार योङहाङका अनुसार मतदान सम्पन्न भएपछि जिल्लाभरका १६६ मतदान केन्द्रबाट मतपेटिका संकलन गरी धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा ल्याइनेछ ।

मतदान सकिएलगत्तै आवश्यक मुचुल्का प्रक्रिया पूरा गरेर मतपेटिका सदरमुकाम ल्याइने र सोही सामुदायिक भवनमा मतगणना गरिने उनले जानकारी दिए ।  सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतगणना स्थललाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । साथै, मतगणना हुने आन्तरिक क्षेत्रमा तारजालीसमेत लगाइएको छ। विगतका निर्वाचनहरूमा पनि यस्तै व्यवस्था गरिएको उनले बताए ।

images
images

प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दल तथा स्वतन्त्र गरी १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन्, जसमध्ये ५८ हजार ९४२ महिला र ५९ हजार ४८३ पुरुष मतदाता छन् ।

जिल्लामा ११९ मतदानस्थल र १६६ मतदान केन्द्र कायम गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्