images
images
images

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

images

गण्डकी। पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

महानगरपालिकाले हिउँदे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत सार्वजनिक सूचना आह्वान गरी निवेदनका आधारमा बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियारले जानकारी दिए । सूचनाअनुसार बिरुवाको माग अत्यधिक भए पनि उपलब्धताका आधारमा कृषकहरूलाई वितरण गरिएको उनले बताए ।

images
images

करिब तीन सय कृषकलाई फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिँदै उनले एक हजार दुई सय किवी, छ सय लप्सी, पाँच सय नासपति, चार सय आरु, दुई सय आरुबखडा, एक सय हलुवावेदका बिरुवा वितरण गरिएको उल्लेख गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्