images
images
images

स्थानीय उत्पादन प्रवर्द्धन गर्न भेडेटारमा कोसेली घर सञ्चालन

images

धनकुटा । स्थानीय उत्पादन प्रवर्द्धनका लागि भेडेटारमा कोसेली घर सञ्चालनमा आएको छ । कोसेली घर संचालनले स्थानीय उत्पादनको बजारीकरणसँगै प्रवर्द्धन हुने विश्वास गरिएको छ ।

भेडेटार बजारमा साँगुरीगढी गाउँपालिकाले निर्माण गरेको भवनमा स्थानीय होटल व्यवसायी रमेश श्रेष्ठले कोसेली घर सञ्चालनमा ल्याएका हुन् । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रिबन काटेर कोसेली घरको उद्घाटन गरेका थिए ।कोसेली घरमा गाउँपालिका अन्तर्गतका विभिन्न वडामा उत्पादन भएका कृषिजन्य, घरेलु तथा हस्तकला सामग्रीहरू बिक्रीका लागि राखिने संचालक रमेश श्रेष्ठले बताए ।

images
images

भवन निर्माणका लागि स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजार नजिकै रहेको १ आना २ पैसा जग्गा गाउँपालिकालाई निःशुल्क प्रदान गरेका थिए । इञ्जिनियर दीपक राईका अनुसार कोसेली घरको संरचना भूकम्प प्रतिरोधात्मक शैलीमा निर्माण गरिएको छ। दुईतले उक्त भवनको माथिल्लो तलामा मिनिमार्टको रूपमा उत्पादन सामग्री बिक्री कक्ष राखिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र राईसहित उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्