काठमाडौँ । नेपालमा ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ सोमबार सार्वजनिक गरेको हो।
अटोमोबाइल प्रविधिको ‘चमत्कार’ का रूपमा लिइने ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ को सार्वजनिक चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका हुन् । एसयूभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ। एसयुभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई०७ले लक्जरियस र इन्टिलेजेन्ट एडभेन्चरमार्फत आफूलाई ‘फ्युचरिस्टिक मार्भेल’का रुपमा स्थापित गर्ने कम्पनीले उल्लेख गरेको छ । एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नयाँ एसयुभी सेग्मेन्टको उदय दिपल ई०७ आफ्नो रूपान्तरणीय क्षमता (ट्रान्सफर्मर क्यापाबिलिटी)मार्फत नयाँ ड्राइभिङ अनुभव प्रदान गर्दै अटोमोबाइल जगतमा नयाँ अध्यायको सुरुवात गर्ने धारणा राखे ।
यसैगरी, दिपल ई०७ मा ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा नेपाली बजारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ। यसमा ८९ दशमलव ९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने यसको विशेषताको रुपमा लिन सकिन्छ ।
अलह्विल ड्राइभ भेरियन्टले भने ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्नुका साथै २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो इभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको रहेको कम्पनीको दाबी छ । सुरक्षित र स्मार्ट यात्राका लागि ‘इन्टेलिजेन्ट’ प्रविधिको प्रयोग गरीएकाले दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ। यसमा २८ दशमलव ८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५ दशमलव ४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएकोले ‘ड्राइभिंग एक्सपिरियन्स’ लाई राम्रो र सुरक्षित बनाउने छ । ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग हुनु यसको अर्को विशेषतामा हो ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको इभि बजारमा दिपल एस०७ र एल०७ सफल भइसकेको बताएका छन्।
‘नेपालमा दिप्पलले ७५० गाडी बिक्री गरिसकेको छ भने ग्राहकको सन्तुष्टिका लागि एमएडब्लुले हरसम्भव काम गरिराखेका छौँ। अहिले देशका ९० भन्दा बढी स्थानमा एमएडब्लुको चार्जिंग स्टेसन छन् जुन नेपालमै सबैभन्दा ठूलो सञ्जाल हो,’ उनले भने।दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा बजारमा उपलब्ध छन्।
एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई०९ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
‘अलह्विल ड्राइभ’ को मूल्य १ करोड ९९ लाख ९९ हजार तोकिएको छ। हाललाई ‘रियरह्विल’ ड्राइभ दिपल ई०७ चांगानका सोरुमहरुमा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्