images
images
images

तेह्रथुमलाई २–१ ले हराउँदै धनकुटा सेमिफाइनलमा

images

धनकुटा । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत कोशी प्रदेश पुरुष फुटबल छनोट प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा धनकुटा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा धनकुटाले तेह्रथुमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । धनकुटाका लागि पदम भट्टराईले खेलको २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तेह्रथुमका अपसन लिम्बूले ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

images
images

तर दोस्रो हाफमा धनकुटाका विपिन लिम्बूले ५०औँ मिनेटमा गोल गरेपछि धनकुटाले २–१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसकेपछि धनकुटा विजयी हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्