images
images
images

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट मूल्य कति पर्छ ?

images

काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजबाट प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो।

बिहीबार बसेको संघको बैठकले आजबाट अण्डाको मूल्य घटाउने निर्णय गरेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारमा अण्डा आउँछन्। ठूलो अण्डा प्रतिक्रेट तीन सय ७० रुपैयाँ, मध्यम अण्डा प्रतिक्रेट तीन सय ५० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ निर्धारण गरिएको पोखरेलले जानकारी दिए ।

images
images

यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ तोकिएको थियो।

images
images

प्रतिक्रिया दिनुहोस्