धनकुटा । चाैविसे गाउँपालिका वडा नं. २ स्थित सौरे बजार नजिकै खोलामा ड्याम बनाएर धप्पड ताल बनाइएको छ । करिव ५२ रोपनीमा रहेको यो पुननिर्मित ताल हो । यहाँ प्रदेश सरकार र चौविसे गाउँपालिकाको लगानी रहेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले बताए । पर्यटकीय संरचना निर्माण गरेर हालैमात्र खोला थुनेर ड्याम बनाइएको हो । अहिले तालको स्वरुप देखिन थालेको छ । भेडेटार–रवि–राँके सडक खण्डमा रहेका राणाकामा सौरे बजार सँगै दक्षिणमा रहेको छ । प्राचीन कालमा यहाँ सहेको कालीका देवीलाई स्थानीयहरुले पूजा गर्न छोडेपछि उक्त देवी मोरङको खदम खोलातिर सरेपछि ताल सुकेको किंवदन्ती रहि आएको छ ।







हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्