शब्द/तस्विर : विशाल पोख्रेल
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँबामा अवस्थित फुङ्फुङ्गे झरना पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । झरनाको प्राकृतिक सौन्दर्यले त्यहाँ पुग्ने जो–कोहीलाई मोहित पार्ने गर्दछ । हिउँद र वर्खा दुवै मौसममा सहजै पुग्न सकिने फुङ्फुङ्गे झरनामा हाल आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ । सदरमुकाम फुङ्लिङबाट झरनासम्म यातायात सुविधा उपलब्ध रहेकाले भ्रमणमा थप सहजता भएको छ । फुङ्लिङबाट करिब २० किलोमिटर कच्ची सडक यात्रा गरेपछि झरनासम्म पुग्न सकिन्छ ।
त्यस्तै, सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित ढङ्ढङ्गे झरनाले पर्यटकलाई मोहित पार्ने प्राकृतिक सौन्दर्य छ । यो झरना सिदिङ्वा–५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको छ । सदरमुकाम फुङ्लिङ बजारबाट पाँचथरको गणेशचोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ । त्यहाँबाट करिब ४० मिनेट हिँडेपछि ढङ्ढङ्गे झरनासम्म सहजै पुग्न मिल्छ । ढङ्ढङ्गे झरना झर्ने चट्टानी भीरमा कैयौँ भीरमौरीका घारहरू देख्न सकिन्छ।






विशाल पोख्रेल 













प्रतिक्रिया दिनुहोस्