धनकुटा । ताप्लेजुङको ठूली पाथीभरा मन्दिरको शाखाका रुपमा साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको पाथीभरा मन्दिर सबै धर्म मान्नेहरुका लागि पवित्र तीर्थ स्थल हो । धार्मिक पर्यटनका हिसाबले ठूलो महत्व बोकेको यो मन्दिर भेडेटार बजारबाट पश्चिमतर्फ करिब डेढ किलोमिटरको यात्रा गरेर पुग्न सकिन्छ । बिषेश गरि ब्रिटिस र भारतीय सेनामा भर्ती भएका राई लिम्बूहरुले पाथीभरादेवीलाई भाकल गरेमा शक्ति आउँछ, युद्ध जितिन्छ, बढुवा हुन्छ जस्ता विश्वास राखेर भाकल गरी यो मन्दिरमा बली दिने गर्दै आएका छन् । पछिल्लो समय यो एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको छ ।







हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्