images
images
images

ज्योति क्यापिटलको संचालकमा उमा श्रेष्ठ नियुक्त

images

काठमाडाैँ । ज्योति क्यापिटलको संचालकमा उमा श्रेष्ठ नियुक्त भएकी छन् । क्यापिटलको माघ ७ गते सम्पन्न संचालक समितिको ५९ औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आएकी बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको संचालक पदमा नियुक्त गरेको हो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी उमा श्रेष्ठसंग ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर समेत गरिन् ।

images
images

नव नियुक्त संचालक श्रेष्ठको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्ने भन्नेमा क्यापिटल विश्वस्त रहेको जनाएको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा एवं निक्षेप सदस्य सेवा प्रदान गरिरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्