images
images
images

चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता असोज २४ देखि

images

धनकुटा । पर्यटकीयस्थल भेडेटारमा आगामी असोज २४ गतेदेखि चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित भेडेटार ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिला डबल्स प्रोमिन्स–१ ओपन, प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्स र भेट्रान राष्ट्रिय डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष दिपेन लिम्बुले जानकारी दिए ।  प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्सतर्फ प्रथम हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला डबल्सतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

images
images

त्यस्तै, भेट्रान राष्ट्रिय डबल्सतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुने जोडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका विभिन्न स्थानका खेलाडीका साथै भारतको सिलिगुडी र सिक्किमबाट समेत खेलाडीको सहभागिता रहने बताइएको छ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले पछिल्लो समय ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको बताउँदै गाउँपालिकाले विभिन्न वडा तथा स्थानमा कभर्डहल निर्माण गरिरहेको जानकारी दिए । उनले भेडेटारको पर्यटन प्रवद्र्धनमा खेल क्षेत्रबाट समेत योगदान पुग्ने बताए ।  प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्

images