images
images
images

इसाई समाज धनकुटाबाट रसुवा बाढीपीडितका लागि १ लाख २ हजार ५ सय ५५ रुपैयाँ सहयोग

images

धनकुटा । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका बाढीपीडितको सहयोगका लागि इसाई समाज धनकुटाले १ लाख २ हजार ५ सय ५५ रुपैयाँ राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

जिल्ला इसाई समाज धनकुटाको नेतृत्वमा समाजमा आबद्ध पालिकास्तरीय इसाई समाज, विभिन्न मण्डली (चर्च) तथा सम्बन्धित व्यक्ति र संस्थाबाट उक्त रकम संकलन गरिएको हो । समाजले गतभदौ ३१ गतेसम्म धनकुटा जिल्लाका ६५ वटा चर्च तथा सम्बन्धित व्यक्ति एवं संस्थाबाट संकलित रकम राष्ट्रिय वाणिज्य बैंक धनकुटा शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको जनाएको छ ।

images
images

रकम जम्मा गरिएको व्यहोरा जानकारी गराउँदै जिल्ला इसाई समाज धनकुटाले बैंकमा रकम जम्मा गरेको भौचरको प्रमाणित प्रतिलिपिसहित जिल्ला प्रशासन कार्यालय धनकुटालाई पत्रमार्फत जानकारी गराएको थियो । यसै क्रममा इसाई समाज धनकुटाको प्रतिनिधि टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत रामजी पौडेललाई रकम जम्मा गरेको भौचर र पत्र हस्तान्तरण गरेको छ ।

समाजका अध्यक्ष युवराज राईद्वारा हस्ताक्षरित पत्रमा बाइबलीय मूल्यअनुसार अप्ठ्यारोमा परेका आफ्ना छिमेकीलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आपसी एकता, सहयोग र सद्भाव कायम राख्न आग्रह गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्