images
images
images

नेपाल राष्ट्र बैंकद्वारा कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्ने स्वीकृती

images

काठमाडौं। नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई अबिमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृती दिएको छ।

बैंकले १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको थियो।

images
images

नेपाल राष्ट्र बैंकले मंगलबार उक्त अग्राधिकार सेयर जारी गर्न स्वीकृती दिएको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका छन्। नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा पुँजीकोष सुदृढ गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको थियो।

त्यसै अनुसार, बैंकले गत असार १७ गते ९ प्रतिशत प्रतिफलको दरमा ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो। नेपाल धितोपत्र बोर्डको स्वीकृती पश्चात उक्त सेयर बिक्रीका लागि आव्हान गरिने र नियामक निकायको स्वीकृती पछि स्टक एक्सचेन्जमा सुचिकृत हुने पनि थकालीले बताए।

images
images

प्रतिक्रिया दिनुहोस्