images
images
images

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने

images

काठमाडौँ।  नेको इन्स्योरेन्स कम्पनीले फागुनबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर आउँदो फागुन ८ गतेबाट बिक्री खुला गर्ने तयारी गरेको हो ।

हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गर्ने उल्लेख गरेको छ । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

images
images

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले यही माघ १८ गते बुकक्लोज गरेको थियो । माघ १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन । आवेदन फागुन २८ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा क्षेत्रिय कार्यालयबाट आवेदन दिन सकिनेछ कम्पनीले जनाएको छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्