images
images
images

धनकुटाको मूलघाटमा ट्रक दुर्घटना, दुई जना घाइते

images

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित मूलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आज राति करिब २ः३० बजे इटहरीबाट संखुवासभातर्फ हाइड्रोको केमिकल बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० देखि ५० फिट तल खसेको हो ।

दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–८ निवासी २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी १८ वर्षीय राहुल चौधरी घाइते भएका छन् ।

images
images

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मूलघाटबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालक चौधरीको अवस्था मध्यम र सहचालक चौधरीको अवस्था सामान्य रहेको छ। दुर्घटनामा परेको ट्रक घटनास्थलमै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनाको थप विवरण तथा क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

images
images

प्रतिक्रिया दिनुहोस्